प्रशासन कार्यालय अर्घाखाँचीद्वारा दीपावली शान्तिपुर्ण वातावरणमा मनाउन आग्रह

भावना मगर /अर्घाखाँची ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोरोना जोखिम कायम रहेकाले यस वर्षको दीपावली शान्तिपुर्ण वातावरणमा मनाउन आग्रह गरेको छ ।प्रशासनले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावली शान्तिपुर्ण वातावरणमा सुरक्षित तथा मर्यादित तरिकाले मनाउन जिल्लावासीहरुलाई आग्रह गरेको हो ।
बुधबार सूचना जारी गरी कोभिड–१९ माहामारीको जोखिम कायमै रहेकाले सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाको मापण्ड पूर्णपालना गरी चाडपर्व मनाउन,साथै भिडभाडजन्य गतिविधि नगर्न, भुईचम्पा, पटका, आतिसबाजी जस्ता बिस्फोटक पदार्थको उत्पादन ओसारपसार बिक्रि बितरण नगर्न,मादक पदार्थ सेवन गरी होहल्ला तथा झै झगडा नगर्न, जुवातास नखेल्न सचेत गराएको छ । प्रशासनले तोकेका नियम बिपरीत गतिविधि गरिएको पाईएमा कानुन बमोजिम कार्बाही हुने जनाएको छ ।
कमेन्ट गर्नुहोस !