नेपाल शिक्षक संघ अर्घाखाँचीको २५औं प्रतिनिधि सभा सन्धिखर्कमा सम्पन्न

सुर्य प्रसाद भुसाल,सन्धिखर्क ।नेपाल शिक्षक संघ अर्घाखाँची को २५औं प्रतिनिधि सभा सन्धिखर्कमा सम्पन्न भएको छ । संघको विधान अनुसार माघ महिनाभित्र प्रतिनिधि सभा सम्पन्न गर्नुपर्ने ब्यवस्था अनुसार प्रतिनिधि सभा सन्धिखर्कमा गरिएको हो ।
प्रतिनिधि सभाले अर्घाखाँची का ६ पालिकामा शिक्षकको पेशागत विकासका लागि आइसिटी तालिम सञ्चालन गर्ने, संघका आवद्ध महिला प्रधानाध्यापकको सञ्जाल तयार गरी पेशागत दक्षता वृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने, असमावेशिताको सिद्धान्तलाई आत्मसाथ गर्दै महिला शिक्षकका लागि नेतृत्व क्षमता विकास तालिम सञ्चालन गर्ने, विद्यार्थीहरूलाई लक्षित गरेर पालिकाहरूका साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्ष र वडा अध्यक्षसँग स.युत्तः रुपमा शैक्षिक सुधारका लागि अन्तरक्रिया र छलफल गर्ने लगायतका निर्णय गरेको शिक्षक सघ का जिल्ला सचिब कृष्ण खनालले बताए ।


नेपाल शिक्षक संघ अर्घाखाँची मा हाल १ हजार ३७ सदस्य रहेको नेपाल शिक्षक संघले जनाएको छ । कार्यक्रममा पालिका स्तरमा उत्कृष्ट कार्य गरे वापत शिक्षक संघ स्थानीय कार्य समिति पुर्व सिक्षक सघका अध्यक्ष हरु बिधालबाट निबृर्त शिक्षक हरु शिक्षामा योग्दान पुराएका हरु लाई सम्मान गरिएको थियोे ।
कार्यक्रम नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष शारदा भट्टराई को सभापतित्व शिक्षक सघका केन्द्रीय उपाध्यक्ष धना भन्डारिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका केन्द्रीय उपाध्यक्ष धना भन्डारिले शिक्षा क्षेत्रको विकासका लागि संस्कारयुक्त शिक्षामा जोड दिदै अभिभावक, विद्यार्थी र शिक्षकको त्रिपक्षीय सम्बन्ध सुधार गर्न सके शिक्षाको उन्नति हुने बताए । साथै उहाँले लोकतन्त्रको जर्गेना, समाजको उन्नतिका लागि शिक्षकहरूले अगुवाको भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा अझ सशक्त ढंगले लाग्न आग्रह गरे।

प्रतिनिधिसभाले संघका जिल्ला सचिव कृष्ण खनालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन, अर्थ सचिब कृष्ण अधिकारी ले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफल गरि पारित गरेको शिक्षक सघका सचिब खनालले बताए ।
कार्यक्रममा विशिष्ट अतिथि संघका केन्द्रीय सदस्य दिपक ज्ञवाली पूर्व जिल्ला अध्यक्ष तथा पर्व समन्वय प्रमुख पिताम्वर सर्मा नेपाली काङ्ग्रेस अर्घाखाँची का कार्यबाहक सभापति बिष्णु भुसाल पार्टी उपसभापति बाबुराम पौडेल नेपाल शिक्षक सघका पुर्व अध्यक्ष यादब प्रसाद घिमिरे नेपाली काङ्ग्रेस प्रदेस सभा क सभापति राजेस पन्थि प्रदेस सभा ख सभापति हेमन्त बेल्वासे नेपाल बिधार्थि सघका अध्यक्ष कृष्ण भुसाल पुर्व अध्यक्ष भरतमणि भट्टराई प्रेस युनियनका अध्यक्ष लक्ष्मण घिमिरे महिला सघका अध्यक्ष जानका बन्जाडे लगाएतका बोल्ने वक्ताहरूले समाजका हरेक क्षेत्रको अगुवाइ शिक्षकले गरेको भन्दै समाजलाई सही दिशाबोध गर्ने कार्यमा लाग्नुमा जोड दिएका थिए ।कार्यक्रम कृष्ण खनालको सन्चालन उपाध्यक्ष हरि प्रसाद घिमिरेको स्वागत मन्तब्य शारादा भट्टराई को अध्यक्ष तामा कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close