अर्घाखाँचीकाे पर्यटकीय स्थल ढुंगे बगैंचामा सशस्त्र प्रहरीद्वारा सरसफाइ

कमला पाेख्रेल,सन्धिखर्क  ।

अर्घाखाँचीको पर्यटकीय स्थल रकगार्डेनमा सशस्त्र प्रहरी अर्घाखाँचीले सरसफाइ गरेको छ ।प्राकृतिक रूपमा रहेको चट्टान आफैं गार्डेन जस्तै बनेर बसेको छ । एक पटक हेर्न जाने मानिसहरू चट्टानको बनाबाट र त्यहाँको वातावरणमा प्रफुल्लित हुन्छन् ।कलात्मक रूपमा मानिसहरूले आफै सजाएर र योजनाअनुसार बनाएर राखेको जस्तो देखिने ती चट्टान अनौठो प्रकृतिका छन् ।

सयौं रोपनी क्षेत्रफलमा फैलिएको अर्घाखाँचीको सन्धिखर्क–११ डिभर्नामा रहेको रक गाडेर्न पछिल्लो समय पर्यटकीय स्थलको रुपमा विकास हुदैछ ।
२४ औ सशस्त्र प्रहरी दिवसको पुर्व सन्ध्यामा सशस्त्र प्रहरीको ३६ नम्वर गुल्म अर्घाखाँचीले पर्यटकीय स्थल ढुंगे बगैंचामा सरसफाइ गरेको डिएसपी भिमसेन बोहोराले बतााउनुभयो  । बगैचा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सन्धिखर्कबाट गएको सशस्त्र प्रहरीको टोलीले सरसफाइ गरेर चिटिक्क पारेको  डिएसपी बोहोराकाे भनाइ छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close