अर्घाखाँचीमा प्रश्न पत्र आउट गर्ने शिक्षक निलम्बन

सन्धिखर्क ।अर्घाखाँचीमा शिक्षकलाई निलम्बन गरिएको छ ।जिल्लाको मालारानी गाउँपालिकाले वडा नम्बर ८ मा रहेको बाल शिक्षा माध्यमिक विद्यालयका शिक्षक बुद्धि बहादुर बिकलाई प्रश्न पत्र आउट गरेकाले १ महिनाको लागि निलम्बन गरिएको गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कँडेलले बताउनुभएको छ ।
परीक्षा सुरु हुनभन्दा पहिले नै प्रश्नपत्र बाहिरिएपछि प्रश्नपत्र बाहिर ल्याउने शिक्षक बिकलाई शुक्रबार बसेको कार्यपालिका बैठकले १ महिनाको लागि निलम्बन गरेको हो।
थप विज्ञप्तिमा उल्लेख गरिएको छ।
कमेन्ट गर्नुहोस !