अर्घाखाँचीमा नयाँ प्रहरी प्रमुख राठौरको आगमन

सन्धिखर्क ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा पत्रकारसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम भएको छ।केहिदिन अघि मात्र सरुवा भएर आउनुभएका अर्घाखाँची प्रहरी नायव उपरीक्षकमा प्रतीत सिंह राठौर बिच पत्रकारसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम भएको छ ।कार्यक्रममा बोल्दै उहाँले सहकार्य र समन्यमा काम गर्ने बताउनुभएको छ।
जिल्लामा शान्ती सुरक्षामा प्रहरी जहिले पनि सचेत रहने बताउनुभएको छ ।जिल्लाका समस्या बारेमा पत्रकारले उठाएका विषय बस्तुलाई समेटेर अगाडी बढ्न तयार रहेको प्रहरी नायव उपरिक्षक राठौरको भनाइ छ ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष अशोख खनाल,प्रहरी निरीक्षक दिपेन्द्र रावल लगायतको सहभागीतामा परिचयात्मक कार्यक्रम भएको हो ।
कमेन्ट गर्नुहोस !