बुटवलको दीप एजुकेशन हव प्रा.लि.द्वारा कोरियन भाषामा उतिर्णलाई सम्मान

बुटवल ।बुटवलको भुड्कीचोकस्थित अस्पताललाईनमा रहेको दीप एजुकेशन हव प्रा.लि. ले कोरियन भाषा परीक्षा २०२२ मा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । कोरियन भाषा इजी र एमएफ पहिलो चरणको इपीएस कोरियन भाषाको परीक्षामा सहभागी १ सय ११ जना बिद्यार्थीहरुमध्ये ९२ जना विद्यार्थी उत्तीर्णं भएका थिए । आयोजित कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरिएको थियो।


कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले विदेशमा गएर सिकेको सीप, क्षमता र ज्ञानलाई उपयोग गर्दै स्वदेशमा उद्ममशीलता प्रबद्र्धन गर्नुपर्नेबताउनुभयो।
कार्यक्रममा बोल्दै श्रम तथा रोजगार मन्त्रालयका शाखा अधिकृत केशरराज भट्टराईले विदेशमा गएर सिकेर आएको सीपलाई स्वदेशमा आएर नमुना योग्य काम गर्नुपर्ने बताउनुभयो।
दिप एजुकेशन हव प्रालिका संस्थापक अध्यक्ष तथा प्रमुख कोरियन भाषा प्रशिक्षक दीपक लम्सालले विद्यार्थीको निरन्तर मिहिनेत र प्रयासबाट नै सफलता मिलेको बताउनुभयो।
उहाँले दीप एजुकेशनमा उत्तीर्ण भएका विद्यार्थीको नतिजा नेपालकै उत्कृष्ट नतिजा भएको दाबी गर्नुभयो।कार्यक्रममा लियो क्लब अफ बुटवल सेन्ट्रलका भाइस प्रेसिडेन्ट विकास टण्डन, कोरियन भाषा उत्तीर्ण विद्यार्थी ईस्सान अलि, शारदा कार्की, महेन्द्र अधिकारी र महेन्द्र पौडेलले आ–आफ्नो भनाई राख्नुभएको थियो ।संस्थाका सहायक कोरियन भाषा प्रशिक्षक अरुण पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन जिडी शिखरले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close