दाङमा श्रीमानले श्रीमतीलाई गोली प्रहार गरि हत्या गरे

दाङ।दाङमा श्रीमानले श्रीमतीलाई गोली प्रहार गरेर हत्या गरेका छन ।बिहिबार राति डियुटीमा खटिएकी वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापालाई उहाँका श्रीमान यमबहादुर झाक्री मगरले गोली प्रहार गरेर हत्या गरेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।
श्रीमान यमबहादुरले घोराही उपमहानगरपालिका १५ दामोदर चोकमा डिउटीमा रहनुभएकी श्रीमतीलाई गोली प्रहार गरेर हत्या गरेको खुलेको उहाँले बताउनुभयो ।

गोली प्रहारबाट गम्भीर घाइते धनमायाको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । हत्या गर्ने श्रीमान नेपाल प्रहरीको नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत रहेको प्रहरीले जनाएको छ । हत्यापछि फरार रहेका झाक्री मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close