सन्धिखर्क ३मा समुदायमा कांग्रेस कार्यक्रम सम्पन्न

सन्धिखर्क।नेपाली कांग्रेस अर्घाखाँचीको समुदायमा कांग्रेस अभियान अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर ३ जय नेटामा सम्पन्न भएको छ ।समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई कार्यान्वयनका लागि पहलकदमी लिने अन्तर्गतको कार्यक्रम भएको हो ।
नेपाली कांग्रेसका जिल्ला कार्य समिति अर्घाखाँचीका उप —सभापति एवं अभियानका प्रतिनिधि बाबुराम पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै उहाँले यो अभियानले संगठन सुधारमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । वडा स्तरका तत्कालै हल हुने बताउनुभयो ।अन्य समस्या नगर,प्रदेश र संघ स्तरका समस्या माथीले निकायबाट हुने जसको लागि पाटी मार्फत समस्याको हल गर्न पहल हुने उहाँले बताउनुभयो ।
बिशेष अतिथि जिल्ला कार्य समिति सदस्य एवं पूर्व वडा अध्यक्ष लिलाराम गौतम , जिल्ला कार्य समिति सदस्य हरि प्रसाद दमासे , महाधिवेशन प्रतिनिधि एवं वडा अध्यक्ष जम्सेर मियाँ , महाधिवेशन प्रतिनिधि सृजना बिश्वकर्मा
लगायतले मन्तव्य राखेको कार्यक्रम वडा कार्यवाहक सभापती माधव गिरिको सभापतित्व,वडा सचिव फजिर मियाँको संचालन उप सभापति हरि वहादुर खड्काले सुभकामना मन्तव्य राखेको कार्यक्रम समुदायको तर्फबाट गोपाल गिरि,सुर्य प्रसाद भुसाल ,धन वहादुर गिरि,पूर्व वडा सदस्य दधिराम सोमै,अशोक नेपाली ,बिष्णु कुमारी पाण्डे ,वडा सदस्य कुलदिप राना
लगायतले पनि धारणा राख्नुभएको हो।
कमेन्ट गर्नुहोस !