अर्घाखाँचीका पत्रकार केसी लुम्बिनी प्रदेश सरकारबाट पुरस्कृत

सन्धिखर्क।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीका पत्रकार वीरेन्द्र केसी सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।लुम्बिनी प्रदेशको स्थापना दिविसको अवसरमा आज आयोजित राजधानी राप्ती उपत्यका देउखुरीमा भएको कार्यक्रममा लुम्बिनी का प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट सम्मानित तथा पुरस्कुत गर्नुभएको हो ।
कान्तिपुर दैनिकका उपसम्पादक तथा अर्घाखाँची पत्रकार महासंघ उपाध्यक्ष केसी लुम्बिनी प्रदेश सरकारले यस वर्ष प्रदान गरेको ५० हजार राशीको ‘सृजनशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको जनाएको छ ।सो अवसरमा लुम्बिनी प्रदेशका अन्य ११ जना पत्रकारलाई पनि पुरस्कृत गरिएको थियाे ।
कमेन्ट गर्नुहोस !