सन्धिखर्क–गोरुसिंगे सडक खण्डमा टिप्परका लागि टाईम कार्ड लागु

सागर महत,सन्धिखर्क ।सन्धिखर्क–गोरुसिंगे सडक खण्डको नरपानीदेखि डोंहोटेसम्म चुनढुङ्गा बोक्ने टिप्परमा आजदेखि टाइम कार्ड लागू भएको छ ।चुनढुंगा बोकेका र लोड बोकेका गाडीहरू स्पिडमा हिँड्दा दुर्घटना बढ्ने भएपछि चुनढुङ्गा बोक्ने टिप्परमा टाइमकार्ड लागू भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।
चुनढुंगा बोकेका लोड गाडीहरू नरपानीबाट डोंहोटेसम्म ४ घण्टामा पुग्नु पर्ने भएको छ । यस्तै डोंहोटे देखि नरपानीसम्म २ घण्टा ३० मिनेटमा पुग्नको लागि समय तोकिएको हो ।
यस अघि कसले बढि ट्रिप गर्ने होडबाजी गर्दै तछाड र मछाड गर्दै सागुरो सडकमा बजारी क्षेत्र नरपानी ,सुपादेउराली , लाउरेबजार ,सितापुर,ठाडादह बजार, अमराईबजार, भेडामारे, चक्लाबजार लगायतका क्षेत्रमा तिव्र गतिमा टिप्पर गुडदा
बिधार्थी ,सर्वसाधारण यात्रु सडकमा टाढा टिप्पर आएको देख्ने बित्तिकै सडकको तल वा माथी गएर ज्यान जोगाउन बाध्य थिए ।
कमेन्ट गर्नुहोस !