पर्यटन प्रबर्द्धन अर्घाखाँचीको गीत राज्यमन्त्री सिर्पालीबाट सार्वजनिक

सन्धिखर्क ।माघ १ गते प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)बाट अर्घाखाँचीमा उद्घाटन हुने पर्यटन प्रबर्द्धनको गीत सार्वजनिक गरिएको छ ।नेपाल पत्रकार महासंघ अर्घाखाँँची शाखाको आयोजनामा हुने कार्यक्रमको गीत संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री शुशीला सिर्पालीले उद्घाटन गरि गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै राज्य मन्त्री सिर्पालीले गीतमा अर्घाखाँचीका ६ वटै पालिका का प्रमुख गन्तव्य समावेश गरेर गीत सार्वजनिक गरेकोमा धन्यवाद दिनुभएको छ ।“आर्थिक विकास, पर्यटन प्रबर्द्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रमबाट धेरै भन्दा धेरै पर्यटक जिल्लामा ल्याउन सकेमा रोजगारको वातावरण पनि सृर्जना हुने बताउनुभयो ।
जिल्लाका धार्मिक, प्राकृतिक संरचनाको बारेमा भिडियो डकुमेन्ट्री प्रधानन्त्री दाहालले उदघाटन गर्ने कार्यक्रम रहेको पत्रकार महासंघका अध्यक्ष अशोक खनालले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराला ,सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ,सन्धिखर्क नगरपालिका पुर्व उपप्रमुख ठाकुर कुमार विक (किशोर),उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्र लगायतको सहभागीता रहेको कार्यक्रम पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता ,प्रवक्ता हृदय कुमार भुसालको स्वागत मन्तव्य पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष रुद्रमणि भुसालको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !