अर्घाखाँचीको पाणिनिमा सवारी दुर्घटनामा १ जनाको मृत्यु,७ घाइते

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पाणिनी ८ कोलडाडाको ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा भुमिकास्थान नगरपालिका वडा नम्बर ८ निम डाडाँ का ६ वर्षिय आरम्भ क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सुपा देउराली दर्शन गरि पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा परि अन्य ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको उनको भनाइ छ ।
घाईते हुनेमा भूमिकास्थान नगरपालिका ८ का चालक ३४ वर्षिय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षिय सम्झना क्षेत्री, उनकी छोरी ईभान्सी क्षेत्री, पोखरा उपमहानगरपालिका १२ कि सविता अधिकारी, पोखरा १२ का १५ वर्षिय प्रजोल कंडेल, पोखरा कै ४२ वर्षिय गिता कंडेल र १० वर्षिय जेशन बस्नेत रहेको प्रहरीले जनाएको छ । कार सडक देखि करिव २सय मिटर तलखसेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close