अर्घाखाँचीःपर्यटन प्रबर्द्धन सम्बन्धी कार्यक्रममा यातायात व्यवसायीले पनि प्रतिवद्वता जनाए

सन्धिखर्क ।अर्घाखाँचीका यातायात व्यवसायी संग सन्धिखर्कमा पर्यटन प्रबर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो । पत्रकार महासंघ अर्घाखाँची शाखाले चलाएको अभियान सफल बनाउनको लागि यातायात व्यवसायीले पनि प्रतिवद्वता जनाएका छन ।
आइतबार सन्धिखर्कमा भएको कार्यक्रममा देउराली यातायात अर्घाखाँचीका अध्यक्ष गोविन्द प्रसाद बन्जाडे,पश्चिम नेपाल बस व्यवसायी प्रा.लि कार्यालय प्रमुख कमल प्रसाद भट्टराई,लंका यातायात अध्यक्ष कृष्णप्रसाद भुसाल,अर्घाखाँची ट्रयाक्सी व्यवसायीका अध्यक्ष महेन्द्र कुमार भुसाल,अर्घा भगवती यातायातका अध्यक्ष केवि भुसाल ,पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल,पुर्व अध्यक्ष सोभाखर पन्थी, हिमबहादुर जिसी (लेकाली),प्रदेश सदस्य प्रेमनारायण आचार्य लगातको सहभागी रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताले धार्मिक पर्यटकलाई मात्र प्राथामिकतामा नराखी सांस्कृतीक क्षेत्रमा बाट पनि पर्यटक भित्राउने र जिल्लाका पर्यटकीय गन्तव्यमा सडक संजाल,खानेपानी,होटल शैचालय जस्ता संमचना निर्माण हुन आवश्य रहेको बताएका थिए । पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष अशोक खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रवक्ता हृदय कुमार भुसालले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !