कपिलबस्तुमा संचालन महोत्सवमा कलाकार दुर्गेश थापामाथि आक्रमण

कपिलबस्तु ।७ औं चन्द्रौटा महोत्सवमा प्रस्तुति दिइरहेका कलाकार दुर्गेश थापामाथि आक्रमणको प्रयास भएको छ । कपिलवस्तुको पश्चिमी क्षेत्र चन्द्रौटामा आयोजना भइरहेको महोत्सवमा थापा माथि आक्रमण भएको हो ।महोत्सवमा आफ्नो प्रस्तुती दिइरहेका बेला उनी माथि एकाएक ढुङ्गा प्रहार भएको जनाइएको छ । उनी माथि आक्रमण भए पछि महोत्सवस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

नायक पल शाहसंग जोडेर उनीमाथि आक्रमण भएको हुन सक्ने आशंका छ । शाहलाई थापाले फसाउन सहयोग गरेको शाह समर्थित शुभचिन्तकको आरोप छ ।नायक शाह हाल नाबालिका बलात्कारको आरोपमा हिरासतमा छन् ।शनिवारको दिन दर्शकहरु भीड रहेकाले कसले ढुङ्गा प्रहार गरेको हो पत्ता लाग्न सकेको छैन् । यद्यपि वडा प्रहरी कार्यालय चन्द्रौटाले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।व्यापार संघ कपिलवस्तुले चन्द्रौटामा आयोजना गरेको महोत्सव पुस २१ गतेसम्म संचालन हुने छ ।mayadevionline

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close