सन्धिखर्कको हरि ॐ भजन कृतन समूह नगरपालीकाबाट सम्मानीत

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हरि ॐ भजन कृतन समूहलाई सम्मान गरेको छ ।गुल्मीको रुरुक्षेत्र धार्मिक सन्चार प्रा.लि.को आयोजनामा भएको भजन प्रतियोगितामा सहभागी नगरपालिकाको वडा नम्वर ११ र १२ को हरि ॐ भजन कृतन समूहलाई नगरपालिकाले सम्मान गरेको हो । प्रतियोगितामा उक्त भजन समूह तृतीय स्थान हासिल गरेको थियो ।
उक्त भजन समुहलाई नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल लगायतले एक कार्यक्रमका बिच सम्मान गर्नुभएको हो ।पछिल्लो समय भजनहरु लोप हुँदै गएको समयमा यहाँ बाट भजन संमरक्षणमा प्रतिनिधि मुलक सहभागी भएकोमा नगरप्रमुख श्रेष्ठले धन्यवाद समेत ज्ञापन गर्नुभएको हो । भजनलाई युवा पुस्तामा पनि सिकाउन पनि आग्रह गरिएको थियो । उक्त भजन समुहलाई २० हजार नगद समेत प्रदान गरिएको जनाएको छ ।
कमेन्ट गर्नुहोस !