छत्रदेव स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग सक्रिय खोजपड्ताल तथा स्वास्थ्य शिक्षा कार्यक्रम

अर्घाखाँची ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग सक्रिय खोजपड्ताल तथा स्वास्थ्य शिक्षा कार्यक्रम गाउँपालिकाको वडा नम्बर ४ केरुङ्गामा सम्पन्न भएको छ । यो अभियानमा बिरामीको खोजी गरी स्वास्य चेक जाच पनि गरिदै आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्वी राम न्यौपानेले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार समुदायमा क्षयरोगका विरामी लुकेर रहेको हुन सक्ने भएकोले समुदायमै गएर खोजपड्ताल गर्दा पत्ता लगाउन सकिने हुनाले यस कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय स्वास्थ्यकर्मीहरुको सहयोगमा खवर गरी बोलाइएका नागरिकहरुलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुको साथै १सय४ जना नागरिकको खकार नमूना संकलन गरिएको मा सबै नमूनाको परीक्षण गरी नागरिकलाई नतिजा उपलब्ध गराइने न्यौपानेले बताउनुभयो । सेवालाई प्रभावकारी बनाउनको लागि प्रशिक्षण कार्यक्रम समेत गरिएको बताउनुभयो ।

केरुङ्गा स्वास्थ्य चौकी प्रमुख हरि प्रसाद पोख्रेल, बल्कोट प्राथामिक स्वस्थ्य केन्द्रका ल्याव असिष्टेन्ट होमनाथ वि.क.लगातको सहभागीता रहेको कार्यक्रम मेघराज न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close