मकै बाली सुरक्षाका लागि सन्धिखर्क ५ले १० जनालाई रोजगार प्रदान गर्यो

सन्धिखर्क ,साउन १५ ।मकै बालीको सुरक्षाको लागि अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ ले बँदेल र बाँदर हेरालु राखेको छ ।वडा कार्यालय र वडामा रहेका सामुदायिक वनको साझेदारिमा १० जना हेरालु राखिएको वडा अध्यक्ष रिषब अधिकारीले जानकारी दिनुभयो।
प्रति हेरालुले एक महिनाको १४हजार पारिश्रमीक दिइने छ । यस अघि डिभिजन वन कार्यालयले जिल्लाका ५स्थानीय तहमा २० जना हेरालु राखेको थियो ।वडा स्तरममा यसै गरी अन्य वडाले पनि हेरालु राखेमा किसानको वर्ष भरीको बाली संरक्षण गर्न टेवा पुग्न किसानको भनाई छ ।
कमेन्ट गर्नुहोस !