स्वर्गिय गिरिजाप्रसाद कोईरालाको ९९ औं जन्म उत्सवको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न

विक्रम पाण्डे /अर्घाखाँची ।
नेपाली राजनीतिका शिखर पुरुष, नेपाली काङ्ग्रेसका पुर्व पार्टी सभापति , पुर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाको ९९ औं जन्म उत्सवको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
गिरिजाप्रसाद कोईराला फाउण्डेसनको आयोजनामा सन्धिखर्क नगरपालिका वडा १२ को पर्यटकिय स्थल तल्लाथाना , टाकुरामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । बृक्षारोपण कार्यक्रमा नेपालीका काँग्रेसका जिल्ला कार्य समितिका उपसभापति विष्णु भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी मनिराम परियार , महाधिबेशन प्रतिनिधी लक्ष्मी श्रेष्ठ , नेपाल तरुण दल जिल्ला अध्यक्ष नारायण खड्का त्यस्तै नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधीहरु , नेपाली काँग्रेसका भातृ संस्थाका प्रमुख एवं प्रतिनिधीको सहभागिता रहेको थियो ।


कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समितिका उप—सभापति विष्णु भुसालले स्वग्रीय कोइरालाको आर्दश र विचारलाई आत्मसाथ गर्दै नेपाली काँग्रेस अगाडी बढ्न सके मात्र गिरिजा प्रसाद कोइराला प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो । उहाँले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी नेपाली काँग्रेस भएको बताउनु भयो ।


फाउण्डेसनका जिल्ला संयोजक लिलाधर बस्यालले स्वग्रीय कोइराला प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै सन्धिखर्क १२ को पर्यटकिय स्थल टाकुरालाई थप ब्यबस्थीत गर्दै ल्यैजाने बताउनुभयो । पर्यटकीय एवं रमणिय स्थल तल्लाथानालाई निकट भविस्यमा गिरिजा प्रसाद कोईराला पार्कको रुपमा विकास गरिने संयोजक बस्यालले बताउनुभयो । साथै उहाँले जिल्लामा अन्य पर्यटकिय क्षेत्रहरुको पहिचान गरी विभिन्न रचनात्मक कार्यक्रम अगाडी बढाइने बताउनुभयो । उहाँले जिल्ला स्थित सम्पुर्ण सघसस्थाहरुलाई सहयोगको निम्ति अपिल समेत गर्नु भएको छ । बृक्षारोपणमा धुपी सल्ला , टिमुर , आप , लगायतका विरुवाहरु रोपिएको थियो । कार्यक्रम फाउण्डेसनका जिल्ला संयोजक लिलाधर बस्यालको सभापतित्व तथा विक्रम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close