स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सागर महत /अर्घाखाँची ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा विश्व क्षयरोग दिवसको अवसर पारेर हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।सन्धिखर्क नगरपालिका भित्र रहेका ७ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम जनज्योति माध्यमिक विद्यालय,दृतिय अर्घा रजस्थल माध्यमिक विद्यालय,तृतिय ज्ञानप्रकाश माध्यमिक विद्यालय सान्त्वना युवा वर्ष जनता रविचित्र माध्ममिक विद्यालय भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख युगलनाराण बसेल,स्वास्थ्य कार्यालय अर्घाखाँची कि प्रमुख पुष्पा थापाले विजेता हुने लाई नगद सहित प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय वि.क.खोप अधिकृत रामप्रसाद गौतम, अहेब गिता भुसाल,ल्याव टेक्नेसीयन खिमलाल पाण्डे लगायतको सहभागीता रहेको कार्यक्रममा विद्यालयका शिक्षकहरुको पनि सहभागिता रहेको कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेशराज पौड्ेलले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close