शहिदको बलिदानीका कारण नेपालमा राजनितिक परिबर्तन सम्भब भएको होःकेन्द्रिय सदस्य विकको भनाइ

अनिल नेपाली, सन्धिखर्क ।नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा अर्घाखाँचीका ईन्चार्ज ठाकुर कुमार विक किशोरले जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेल लगायत हजारौँ सहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभएको छ। नेकपा माओबादी केन्द्र अर्घाखाँचीले आज सन्धिखर्कमा आयोजना गरेको सहिद सप्ताह कार्यक्रमको शुभारम्भ गदै नेता विकले यस्तो बताउनुभएको हो ।
नेता विकले सहिदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको उल्लेख गर्दै अब सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्नेमा जोड दिदै वर्तमान सरकार गठन भएदेखि निरन्तर जनताको सेवा, सुविधा र सुशासनलाई प्राथमिकतामा राखेर काम गरेको बताउदै इतिहासमा पहिलो पटक सरकार जनतासित जोडिएको उल्लेख गर्दै उनले सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढेको उल्लेख अब समाजबादी क्रान्तिको यात्राको लागि सबै तयार हुनुपर्ने बताउनुभएको छ ।
माओबादी केन्दले फाल्गुन १४ देखी २१ सम्म लाई सहिद सप्ताह को रुपमा मनाउदै आएको छ सप्ताह ब्यापी कार्यक्रम अन्तरगत सहिद परिवार सम्मान अन्तरक्रिया सहिद परिवार भेटघाट लगायतका कार्यक्रम रहेको जिल्ला संयोजक राजेन्द्र भुसालको भनाइ छ ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य छम कुमारी खनाल , प्रदेश सचिवालय सदस्य ठाकुर सौराग ,प्रदेश सदस्य कृष्ण सारु प्रदेश सल्लाहकार सदस्य भेष बहादुर केसि , दोण प्रसाद भुसाल , डिलाराम पान्डे जिल्ला समन्वय समिति सदस्यहरु नगरकमिटी पदाधिकारी तथा सदस्यहरु विभिन्न जबस मोर्चाका प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो । कार्यक्रम जिल्ला संयोजक राजेन्द्र भुसालको अध्यक्षता नगरकमिटी अध्यक्ष कृष्णहरि भुसालको संचालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस !