टी– २० सिरिजको दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई पराजित गर्ये

काठमाण्डौं ।घरेलु टोली भारतले टी– २० सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियामाथि ४४ रनको जित निकालेको छ। योसँगै पाँच खेलको टी–२० आई सिरिजमा भारतले २–० को अग्रता लिएको छ। जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन बनायो।त्यसअघि विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो।
भारत पहिलो खेलमा २ विकेटले विजयी भएको थियो। अव तेस्रो खेल मंगलबार गुवाहाटी, चौथो खेल शुक्रबार रैपुर र पाँचौं तथा अन्तिम खेल आइतबार बेंगलोरमा हुनेछ।
कमेन्ट गर्नुहोस !