टोकियो ओलम्पिकमा पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने

काठमाण्डौं ।टोकियो ओलम्पिकमा आज नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।ओलम्पिक अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् ।
सिंह १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुन् ।
कमेन्ट गर्नुहोस !