नेपाल ओमानसँग पराजित

काठमाडौं । विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित बनेको छ।सुपर ओभरमा पुगेको खेलमा नेपाल पराजित भएको हो। टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १सय ८४ रनको योगफल बनाएको थियो।
ओमानले पनि निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनाएपछि खेल सुपरओभरमा पुगेको थियो। सुपरओभरमा ओमानले २१ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले जम्मा १० रन बनायो।
कमेन्ट गर्नुहोस !