आईपीएल क्रिकेटमा चेन्नईसँग हैदराबाद पराजित

काठमाण्डाै . इन्डियन प्रिमियर लिग -आईपीएल_क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले सनराइजर्स हैदराबादलाई हराएको छ । गएराति चेन्नईमा भएको खेलमा घरेलु टोली चेन्नई ७ विकेटले विजयी भयो ।
टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो ।
कमेन्ट गर्नुहोस !