सन्धिखर्कमा प्रथम प्रकाश महत स्मृती कप खुल्ला क्रिकेट प्रतियोगिता सुरु

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीमा आजदेखि प्रथम प्रकाश महत स्मृती कप खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ। सदरमुकाम सन्धिखर्कको टुँडिखेल मैदानमा भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका सांसद चेतनारायण आचार्यले ब्याटीङ गरेर उद्घाटन गर्नुभएको हो ।
नेपाल खेलकुद महासंघ अर्घाखाँचीको आयोजनामा भएको प्रतियोगितामा १३ टिमको सहभागीता रहेको महासंघ अर्घाखाँचीका अध्यक्ष हेनरी बस्नेतले जानकारी दिनुभयो ।जसमा प्रथम पुरस्कार ५० हजार र दृतिय पुरस्कार ३० हजार नगद, मेडल र प्रमाणपत्र रहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
स्वर्गिय प्रकाश महतको गत वर्ष फागुन ७ गते विराटनगरमा भएको खेलकुद महासंघको केन्द्रिय कार्यक्रममा सहभागी हुने क्रममा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।त्यसको सम्झनामा क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताएको छ ।
कमेन्ट गर्नुहोस !