आईपीएल क्रिकेटमा बेङ्लाेरले हैदराबादलाई हरायो

काठमाण्डौं।इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्लोरले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको छ । जितका लागि १ सय ८७ रनको लक्ष्य पछ्याएको बेङ्लोरले १९ ओभर २ बलमा २ विकेट गुमाउँदै भेट्टायो ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली हैदराबादले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो ।बेङ्लोर १३ खेलमा १४ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहेको छ । जितसँगै बेङ्लोरले शीर्ष चारमा रहँदै सोझै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ ।समान १३ खेलमा ८ अङ्क रहेको हैदराबाद पुछारमा छ ।
कमेन्ट गर्नुहोस !