छड् सिमेट र इट्टाको ल्याब टेस्ट नेपालमै हुनुपर्छ उद्योगीःजमशेर मिँया

सागर महत ,अर्घाखाँची ।
नेपाल उद्योग बाणिज्य महासंघका  केन्द्रिय सदस्य जमशेर मियाँले नेपालमा उत्पादन भएको छड् सिमेट र इट्टा भारत निर्यातको लागि सम्झैता भएपनि उचित ल्याब टेस्ट भारतमा गर्नु पर्ने बाध्यता रहेको बताउनुभएको छ । नेपालमा उत्पादित यि सामग्रीको ल्याब टेस्ट जब सम्म स्वदेशमा हुँदैन तब सम्म यसको निर्यातमा प्रभावकारीता नहुने बताउनुभएको छ ।
सन्धिखर्कमा प्रेस युनियन अर्घाखाँची शाखाले राखेको पत्रकार सम्मेलनमा  केन्द्रिय सदस्य मियाँले यस्तो बताउनुभएको हो ।यस्तै पटक पटक सरकार फेरबदल हुँदा पनि उद्योग व्यवसयालाई असर पर्ने गरेको बताउनुभएको छ ।

अहिलेको समयमा व्यवसायीहरुले चर्के बैंकको व्याजदर तिर्न बाध्य हुनु नै धेरै व्यवसायी विस्तापीत भएको बताउनुभयो ।अब आउने बजेटमा निजी क्षेत्रका व्यवसायीहरुको माग पनि सरकारले सम्बोधन गर्नु पर्ने विषयमा जोड दिन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा नव निर्वाचित नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य जमशेर मियाँ,प्रेस युनियन लुम्बिनी प्रदेश सचिव सुर्य भुसाल,प्रगतिशिल पत्रकार महासंघका गोपाल प्रसाद भट्टराई लाई सम्मान गरिएको प्रेस युनियनका जिल्ला अध्यक्ष विरेन्द्र केसिले बताउनुभयो ।

कार्यक्रम प्रेस युनियका जिल्ला अध्यक्ष विरेन्द्र केसीको अध्यक्षता युनियनका केन्द्रिय प्रतिनिधि रुद्रमणी भुसालको स्वागत मन्तव्य विस्नु खनालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close