अफ्रिकी मुलुकमा बाढीका कारण ६० जनाको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुकहरु मलाबी र मोजाम्बिकमा हालै आएको आँधीका कारण करिब ६० जनाको मृत्यु भएकाे छ ।

फ्रेडी नामको शक्तिशाली आँधीका कारण हजारौं घरबार विहीन भएका हुन् । भारी वर्षासँगै आएको आँधी निकै लामो समयसम्म रहेकाले ति राष्ट्रहरुको जनजीवन प्रभावित भएको हो ।आँधीसँगै आएको बाढीले कमजोर सरचनाहरु बगाउनुका साथै बिजुलीका पोल र रुखहरु समेत ढलेकाले बिजुली आपूर्ती समेत बन्द हुँदा हजारौं नागरिक अँध्यारोमा बस्न बाध्य भएका छन् । मोजाम्बिकमा अहिलेपनि आँधी सक्रिय रहेकाले थप मानवीय क्षति हुन सक्ने आँकलन गरिएको छ ।

मलाबीमा भने आँधी कम भएकाले जनजीवन सामान्य हुन थालेको छ । यी दुई राष्ट्रमा सक्रिया आँधीको प्रभाव हाल अर्को टापु मुलुक भानुआटुमा समेत परेको छ ।

त्यहाँ गत २४ घण्टामा आँधीले विनाश निम्त्याएपछि आपत्काल घोषणा गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close