जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सचेतना मुलक कार्यक्रम सम्पन्न

सन्धिखर्क ।जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिर लगायतका क्षेत्रमा बिधार्थी ,चालक ,सहचालक र यात्रुहरुलाई सडकमै जम्मा गरी ट्राफिक नियम, सवारी दुर्घटनाबाट बच्ने उपाय,सडक प्रयोग र क्रस गर्ने तरिका , सिट क्षमता भन्दा बढी सवारी वा लोड राखी चलाउँदा हुने दुर्घटनाको जोखीम लगायतका विषयमा सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यस्तै सवारीमा चढदा र ओर्लदा ध्यानदिनु पर्ने कुराहरु र टिप्परहरुको ओभरलोड नियन्त्रण र अनिबार्य त्रिपल प्रयोग, साईड दिने तरिका लगायत बिभीन्न बिषयमा प्रशिक्षण दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख हरि बहादुर केसीले जानकारी दिनुभयो । यस्तै शस्त्र प्रहरी बल नेपाल अर्घाखाँची गुल्म नम्बर ३६ मा खटिईएका प्रहरीलाई समेत सचेतना मुलक तालिम दिएको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close