सन्धिखर्कमा वृहत सांस्कृतीक कार्यक्रम सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज विविध सांस्कृतीक कार्यक्रम भएको छ ।सन्धिखर्कका स्थानीय व्यापारीको पहलमा विविध सांस्कृतीक तथा व्यापार मेला भएको संयोजक बाबुराम भुसालले बताउनुभयो ।कार्यक्रममा लोक कलाकार कुशल बेल्बासे,बसन्त लम्साल,इन्दु गैरे,मन्जु भट्टराई,हास्य कलाकार भुवनेश्वर अधिकारी ,डान्सर शिवजी क्षेत्रीले आफ्नो प्रस्तुती दिएका थिए ।

दिनभर लोक कलाकारले दर्शकलाई छमछमी नचाएका थिए भने हास्य कलाकार भुवनेश्वर अधिकारीले कागको आवाज निकालेर करिव ३ सय काग बोलाएर दर्शकलाई चकित पारेका थिए । कार्यक्रम शुशिल आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
यता स्थानीय व्यापारीले विभिन्न प्रकारका व्यवसायीक स्टल समेत राखेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close