कांग्रेस ढिकुराद्वारा विद्यालयहरुमा स्वास्थ्य सामग्री वितरण

अर्घाखाँची । नेपाली कांग्रेस ढिकुरा वडा कार्यसमितिले वडा भित्रका विद्यालयहरुमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
भुमिकास्थान नगरपालीका वडा नम्बर–९, ढिकुरा वडा कार्यसमितिले वडा भित्रका १० वटा विद्यालयलाई मास्क, स्यानिटाईजर, ग्लब्स्, थर्मोमिटर, साबुन लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको वडा सचिव लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

वडा भित्रका दुई मावी, १ निमावी र ७ आधारभुत विद्यालयहरुलाई १०० प्याकेट मास्क, १० बोत्तल स्यानिटाईजर, १० ओटा ज्वरो नाप्ने थर्मोमिटर, १० प्याकेट ग्लब्स्, ८० ओटा साबुन, १० ओटा फेस शिल्ड वितरण गरेको हो ।
स्वास्थ्य सामग्री अभावमा पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरिएको नेपाली कांग्रेसका वडा सभापती तिर्थराज घिमिरेले जानकारी दिए । सामग्री प्रदान गरेकोमा विद्यालयहरुले पार्टीलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।
कार्यक्रममा सभापती घिमिरे सहित उपाध्यक्ष बालकृष्ण शाही, सचिव लक्ष्मण घिमिरे, कोषाध्यक्ष डालविक्रम शाही लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close