तीन एकल महिलाको हत्या गर्ने भारतीय नागरिक अर्घाखाँचीमा पक्राउ

सागर महत, अर्घाखाँची । भारतीय नागरिक एकै प्रकारका तीन वटा घटनामा संलग्न भएको पुष्टि भएको छ ।अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्वाराकी राधा थापाको हत्यापछि अनुसन्धानको क्रममा यस्तो खुलेको हो ।गुडगाँव हरियाणा घर भई शितगंगा नगरपालिका १० मा ससुराली भएका २३ वर्षीय सुशान्त सिंहले थापा दुध लिन गएको समयमा गहरगहना लुटनको लागि सिद्वाराकै बखोरकै खोल्सामा पुगेकी ती महिलालाई ढुङ्गा र हँसियाले हानी हत्या गरेका थिए ।
अर्घाखाँचीसहित गुल्मी र कपिलवस्तुका तीन एकल महिलाको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।कपिलवस्तुको बिजयनगर गाउँपालिका ४ मा पनि सोही प्रकृतिको घटना घटेको अनुसन्धानमा खुलेको छ । सिंहले असोज १४ गते राति ७० वर्षीया योगमाया गैरेको घरमा पुगि घाटी दबाई हत्या गरी सुनका गरगहना र नगद लुटी चन्द्रौटा हुदै भारत गएको खुलेको छ ।
यस्तै गुल्मी ईस्मा गाउँपालिका ५ मा बस्ने ७५ वर्षीया जीवकला थापाको कार्तिक २८ गते घाँटी थिची हत्या गरी सुनका गरगहना लुटी फरार भएको अनुसन्धानमा खुलेका प्रहरी नायब उपरिक्षक रिजालले बताउनुभयो ।
एकल महिला गरगहना बढी लगाउने लेकेसन पत्तालगाएर उनी घटनामा सक्रिय भएको देखिएको छ ।अहिले सिंहकी श्रीमतीलाई पनि प्रहरीले थप अनुसन्धानको लागि पक्राउ गरेको छ।
कमेन्ट गर्नुहोस !