गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको सफल परिक्षण

गुल्मी ।गुल्मीको रेसुङ्गा विमानस्थलमा आज तारा एयरले डेमो उडान गरेको छ। रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा आईतबार मध्यान्ह तारा एयरको ट्वीनअटर जहाजले अवतरण गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको उक्त विमान ५० मिनेटमा रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो। उक्त विमानमा पुर्व मन्त्री प्रदीप ज्ञवाली, रामकुमारी झांक्री, प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, प्रदेशसभा सदस्य धनेन्द्र कार्की, तारा एयर र नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरु रहेका थिए। विमान हेर्नको लागि हजारै नागरिकको उत्साहजनक सहभागीता रहको थियो ।
कमेन्ट गर्नुहोस !