अर्घाखाँचीको पाणिनी गाउँपालिकामा प्रहरी चौकीको सिलन्यास

सागर महत,अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा प्रहरी चौकी स्थापना हुने भएको छ ।गाउँपालिकाको वडा नम्बर ८ पालिमा निर्माण हुन लागेको भवनको गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले संयुक्त रुपमा सिलन्यास गर्नु भएको छ। प्रहरी चौकी स्थापना भएपछि नागरिकको सुरक्षामा थप टेवा पुग्ने गाउँपालिका अध्यक्ष न्यौपानेले बताउनुभयो ।

नागरिहरुको सुरक्षाका लागि प्रहरी प्रशासन तयार रहेको बताउँदै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरी तथा नागरिकबीच सहकार्य हुनुपर्नेमा प्रहरी नायब उपरिक्षक रिजालले जोड दिनुभयो।उहाँले प्रहरीलाई आवश्यक सहयोग गर्न गाउँपालिकावासीलाई आग्रह समेत गर्नुभयो । संघीय सरकारको कुल २ करोड ९९ लाखमा सम्झौता गरिएको भवन अर्जुन बिल्डर्स कन्स्ट्रक्सनले प्रा.लि गुल्मीले जिम्मा लिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close