सन्धिखर्कमा ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सचेतना कार्यक्रम

सागर महत,अर्घाखाँची ।अर्घाखाँचीमा कोरोना भाईरस रोकथाम सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।सन्धिखर्क नगरपालिकाको वडा नम्बर २ मा गरिएको सचेतना कार्यक्रम अन्तर्गत छिमेकी मुलुकहरुमा देखिएको कोरोना भाईरसको नयाँ भेरीयन्टबाट बच्न र बचाउने तथा ट्राफिक नियम सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बढी भिडभाड हुने स्थान तथा सार्वजनिक सवारी साधनमा अनिवार्य मास्क र सेनिटाईजर प्रयोग गर्ने , बिभीन्न स्वास्थ्य मापदण्ड पालना गर्ने , सवारी साधनमा सवारी धनी वा सवारी चालकले मास्क र सेनेटाईजर अनिवार्य राखी यात्रुलाई मास्क र सेनिटाईजर प्रयोग गरिसकेपछी मात्र सवारी साधनमा चढाउन समेत अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख हरीबहादुर केसीले जानकारी दिए।
यस्तै सिट क्षमता भन्दा बढी यात्रु चढाउने,सवारी चलाउँदा हने दुर्घटनाको लगायतका विषयमा पनि जानकारी गराईएको बताएको छ ।
कमेन्ट गर्नुहोस !