कपिलवस्तुमा मर्निङवाकमा हिडेका २ महिलाको कारको ठक्करबाट मृत्यु

कपिलवस्तु।कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ बसन्तपुरमा मर्निङ वाकमा हिडेका २ महिलाको कारको ठक्करबाट मृत्यु भएको छ। आज बिहान करिब ६ बजे तिर पत्थरकोट–गोरुसिंगे सडक खण्डमा उक्त दुर्घटना भएको हो ।
कारको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो ।पत्थरकोटबाट गोरुसिंगेतर्फ गइरहेको बिएबी ९५९९ नम्बरको कारले २ महिलालाई ठक्कर दिएको हो।
कार चालक रुपन्देही, सैनामैना नगरपालिका वडा नम्बर ५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
कमेन्ट गर्नुहोस !