पाणिनि गाउँपालिकामा अपाङ्गता भएका ६१ जनालाई परिचय पत्र बितरण

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनी गाउँपालिकामा अपाङ्गता परिचय पत्र बितरण शिविर सम्पन्न भएको छ ।शिविरबाट ६१ जना सेवाग्राहीले सेवा लिएका छन । शिविरबाट क बर्गका १२, ख बर्गका २७ र अन्य २१ जना गरी ६१ जनाले अपांगता परिचय पत्र लिएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताउँनुभयो ।
अपाङ्गगता परिचय पत्र हस्तान्तरण गर्दै उपाध्यक्ष नर्मदा पौडेल गौतमले समाजमा अपाङ्गगता भएकाहरुलाई राज्यबाट पाउने सुबिधाबाट बञ्चित हुन नदिनका लागि शिविरको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा बिशेषज्ञ डा. गोपाल मुखिया, वडाध्यक्षहरु लगायतको पनि सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !