संविधान रक्षा गर्न गठबन्धन भएको होःमाओवादी केन्द्रका केन्द्रीय सचिव आचार्यको भनाइ

सन्धिखर्क ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्यले एमाले अध्यक्ष केपी ओलीले संविधान नै मास्न खोजेपछि गठबन्धन गर्नुपरेको बताउनुभएको छ ।आज सन्धिखर्कमा आयोजित कार्यक्रममा बोल्दै नेता आचार्यले जनताको संघर्ष र बलिदानबाट प्राप्त संविधान जोगाउनका लागि पाँचदलीय गठबन्धन एकै ठाउँमा उभिएको बताउनुभएको हो ।
पाँचदलीय गठबन्धन सत्तामा पुग्नको लागि नभइ संविधान जोगाउन गठबन्धन बनेको बताउनुभएको छ ।
मुख्यतया दश वर्षिी माओवादी जनयुद्वका गम्भीर विषयमा एमाले सधैं भाग्ने गरेको भन्दै यसको समाधानमा माओवादी केन्द्र र नेपाली कांग्रेस शान्ति प्रक्रियादेखि अहिलेसम्म विभिन्न चरणका समस्या समधानमा गर्न एकसाथ अगाडि बढेको बताउदै ,देशभरमा गठबन्धनको दुईतिहाइ आउने सचिव आचार्यले जिकिर गर्नुभयो ।
यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्वपर्यटन राज्यमन्त्री रेवती प्रसाद भुसाले एमालेका सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीमा निर्वाचन जित्ने आफ्नै चरित्रका कारण जित्ने आधार गुमाइसकेकोले गठबन्धनका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा पुष्पा भुसाल, प्रदेश सभा (क) मा सागर केसी, प्रदेश सभा (ख) मा कमल भुसालको जित्ने ठकुवा गर्नुभयो ।जिल्लाको विकास ,समृद्वी र सुशासनको लागि लागि गठबन्धनको जिताउन आवश्यक रहेको बताउनुभएको हो ।
यस्तै एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का (उज्ज्वल) ले संगठित पार्टी र विकास प्रेमी नेता टोपबहादुर रायमाझीको विकल्प नभएको बताउनुभयो ।
उहाँले गठबन्धनभित्र एकरुपता नभएकाले पनि जित्ने आधार तय भएको समेत दाबी गर्नुभएको हो । खड्काले समृद्ध अर्घाखाँची बनाउन उद्देश्यका साथ केन्द्रमा टोपबहादुर रायमाझी प्रदेश सभा (क) मा चेतनारायण आचार्य,प्रदेश सभा (ख)मा रामजी प्रसाद घिमिरे जित्नुपर्ने धारणा राख्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य आलोक रायमाझीले नेकपा एमाले पार्टी नभइ केपी ओलीको प्रालि रहेको बताउदै जिल्लाबाट लगातार तीन पटकसम्म निर्वार्चित भएर विकासको नाममा टोपबहादुर रायमाझीले ठूलो भ्रष्टाचार गरेकाले अब जनताले यसको हिसाब किताब खोज्ने समेत उहाँले बताउनुभयो ।कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता र सन्तोष केसीको संचालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close