जनताको संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा विपक्षी गठबन्धनको भनाई

काठमाण्डौं ।विपक्षी गठबन्धनका पाँच नेताहरुले संयुक्त वक्तव्यमार्फत् जनताको संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गरी हालसम्मको उपलब्धि गुम्ने खतरा उत्पन्न भएको बताएका हुन ।‘ प्रधानमन्त्री केपी शर्मा ओलीका र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका छन्,’ वक्तव्यमा भनिएको छ,‘नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ ।’
कमेन्ट गर्नुहोस !