सत्ता चलाउन असफल भएको एमालेलाई भोट माग्ने अधिकार छैनः प्रदेश सभा उम्मेदवार सागर केसी

अर्घाखाँची ।अर्घाखाँचीबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क मा उम्मेद्धारी दिएका राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसीले एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताउनुभएको छन् । आसन्न निर्वाचनमा बामलोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेद्धार बन्नुभएका नेता केसीले बहुमतको जनमत दिंदापनि सत्ता चलाउन असफल भएको आरोप लगाउँदै पटक–पटक संसद् भत्काउनेलाई भोट दिन नहुने धारणा व्यक्त गर्नुभएको छ ।

गठबन्धन अर्घाखाँचीले छत्रदेव गाउँपालिकाको ७ र ८ का बिभिन्न टोलमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार के।सी।ले यस्तो बताउनुभएको हो । अहिले एमालेबाट अर्घाखाँचीमा उम्मेद्धार बनेकाहरुलाई आफुहरुले समेत भोट हालेको ब्रिफ्रिङ्ग गर्दै नेता के।सी।ले उनिहरुले समेत मतको दुरुपयोग गरेको उहाँको आरोप छ । आगामी निर्वाचनमा प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । आफ्नो राजनितिक जिवन जनता र देशको हितमा समर्पित गरेको दाबी गर्दै नेता के।सी।ले यो चुनावमा जनताले आफु र गठबन्धनलाई भोट दिन आतुर रहेको जिकिर समेत गर्नुभएको छ ।

अर्घाखँँचीका जनता खास विकासको पर्खाइमा रहेको भन्दै नेता केसीले गठबन्धनको जितपछि जिल्लाको समग्र विकासको सुरुवात बताउनुभएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि पिताम्बर खनाल,माओवादी केन्द्रका प्रदेश सदस्य जंग बहादुर परियार,अखिल(छैठौं) केन्द्रिय अध्यक्ष देबेन्द कुँवर,सदस्य टेकराज भुसाल, राजमो छत्रदेव अध्यक्ष खिमनारायण पाण्डे लगायतले सहजीकरण गर्नुभएको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close