उम्मेदवार आचार्यको प्रतिबद्धता: घरमा धारा ,वृद्ध भत्ता दोब्बर

अर्घाखाँची । नेकपा एमाले केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले अबका दुई वर्षमा हरेक बाँगी बासीको घर–घरमा धारा पुग्ने बताएका छन् ।

बाँगीको पोखेडाडामा आयोजित चुनाव लक्ष्यित कार्यक्रममा आचार्यले घर–घरमा धारा , अपांग भत्ता वृद्धभत्ता ,एकल भत्ता दोब्बर गर्ने प्रतिबद्धता रहेको बाताए हुन।

सिद्ध मा।वि र शान्ति माविमा गुणस्तरीय शिक्षा खेलाडीको प्रसंशा गर्दै भण्डार खेलमैदान मोटरबाटो स्तरउन्नति गर्ने समेत बताए ।

नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्का नेकपा एमाले केन्द्रिय सल्लाहकार कमिटी सदस्य नरेद्र कुमार क्षेत्री तत्कालीन मालारानी गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री अनेरास्ववियुका युवा नेता अर्जुन खनाल सामजसेवि चन्द्रमणि भुसाल शंकर महत मुनाल महत लगाएतको उपस्थिति रहेको थियो ।श्रोतः पत्रकार हरि कुँवर,

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close