मालारानी गाउँपालिकाद्वारा बजार अनुगमन करिव ६० हजारको अखाद्यय सामाग्री जब गरि नष्ट

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा अधिकांस पसलहरुमा मुल्य सूची नभए ,व्यबसायीहरुले ईजाजतनै नलिई पसल संचालन गरेको र चाडपर्व लक्षित मुल्य वृद्वी गरेको पाएको गाउँपालिकाले जनाएको छ ।
त्यस्ता व्यबसायीहरुलाई असोज मसान्त भित्र गाउँपालिकामा उपस्थीत हुन अनुरोध गरिएको छ ।नियमलाई उल्लंघन गर्नेलाई कानुनी कार्वाही गरिने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नम्बर ४ का विभिन्न बजारमा गरिएको अनुगमनबाट अखाद्यय म्याद सकिएका मैदा,सुजी,चाउचाउ,बिस्कुट, सुर्तीजन्य पदार्थ,मदिराजन्य पदार्थ लगायतका करिब ६० हजार बराबरको सामाग्री जफत गरि नष्ट गरिएको प्रशासकिय अधिकृत भुसालले जानकारी दिनुभयो ।बजार अनुगमनमा गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई,उपाध्यक्ष दिपा पोखरेल,घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख सन्तोष खनाल लगायतको पनि सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !