गोरुसिंगे—सन्धिखर्क सडक अबरुद्ध

सागर महत, अर्घाखाँची।
आज बिहानदेखि परेको अविरल बर्षाका कारण गोरुसिंगे —सन्धिखर्क सडक अबरुद्ध भएको छ ।सन्धिखर्क नगरपालिकाको दहखोला र शितगंगा नगरपालिकाको राजुबासमा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।
सडक खुलाउने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिनुभयो ।सडक अबरुद्ध बनेपछि जिल्ला बाहिर जाने र बाहिरबाट जिल्ला आउने यात्रुहरु बिचबाटोमा रोकिएका छन् ।
कमेन्ट गर्नुहोस !