अर्घाखाँचीमा एकै दिन ३१जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४घण्टामा ३१जनामा कोरोना पुष्टि भएको छ।सन्धिखर्क नगरपालिकामा १४जना,भुमिकास्थान नगरपालिकामा ६जना,शितगंगा नगरपालिकामा ७जना,मालारानी गाउँपालिकामा १जना र पाणिनी गाउँपालिकामा ३जना गरि ३१जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।
अब सक्रिय कोरोना संक्रमितको संख्या २सय १६पुगेको छ।सन्धिखर्क नगरपालिकामा १ सय ६जना,भुमिकास्थान नगरपालिकामा १८जना,शितगंगा नगरपालिकामा ५८जना,मालारानी गाउँपालिकामा ७जना,पाणिनी गाउँपालिकामा २४जना र छत्रदेव गाउँपालिकामा ३जना गरि २ सय १६जना सक्रिय संक्रमित हाल उपचाररत रहेका छ्न।
कमेन्ट गर्नुहोस !