प्रतिगामी षडयन्त्र र अराजकताको विरूद्व एमालेको सन्धिखर्कमा सडक र्याली

सन्धिखर्क ।नेकपा एमाले अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्कमा प्रतिगामी षडयन्त्र र अराजकताको विरूद्व सडकमा र्याली गरेको छ।गणतन्त्र जिन्दावाद,नेकपा एमाले जिन्दावाद,प्रतिगन मुर्दावाद,हिमत्सा,हत्या लुटपाट मुर्दावाद ,सामाजिक अराजकता मुर्दावाद,जनताको बहुदलीय जनवाद जिन्दावाद सहितका नारा लगाउँदै र्याली सम्पन्न गरेको छ ।

सन्धिखर्कको शान्ती बगौंचाबाट सुरु भएको र्याली संगमफुल्यण्डमा पुगेर कोणसभामा परिणत भएको नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले बताउनुभयो।कार्यक्रममा बोल्दै  नेपालमा कहिल्यै पनि राजतन्त्र फर्काउन नसकिने बताउँदै राजतन्त्रवादीहरु हिंसा, आतङ्क, लुटपाटको पक्षमा र नेपाली जनताको मौलिक हककोविरुद्धमा छन् भन्ने कुरा गत शुक्रबारको घटनाबाट पुष्टि भएको उहाँको भनाइ छ ।यस्तै राजतन्त्रवादीहरुले शीर उठाउन नसक्ने गरेर लोकतान्त्रिक गणतन्त्रका पक्षधरले एकजुट भएर अगाडी बढ्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता बोम बहादुर विकले कुनै एक व्यक्ती वा वंशले शासन गर्ने युग पहिल्यै समाप्त भईसकेपनि केही तत्त्वहरू षड्यन्त्र गर्न लागिपरेको बताउनुभयो।
एमालेका प्रदेश सचिवालय सदस्य तथा प्रदेश सांसद रामजी प्रसाद घिमिरेले नेकपा एमालेले राष्ट्रलाई बन्धन बनाउने कुनैपनि षड्यन्त्र सफल हुन नदिने भनाइ छ । कार्यक्रममा एमालेका प्रदेश तथा जिल्ला स्तरका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close