सत्य तथ्यमा आधारित पत्रकारिता पेसा अहिलेको आवश्यक होःअध्यक्ष भुसाल

सन्धिखर्क ।प्रेस चौतारी नेपाल जिल्ला शाखा अर्घाखाँचीको ७ औं जिल्ला अधिवेशन सन्धिखर्कमा सुरु भएको छ । अधिवेशनको एक कार्यक्रमका बिच नेकपा एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष भुसालले पत्रकार हुम भन्नेले कमसोकम मिडियामा आबद्व भै समाचार लेखेको हुनुपर्ने बताउनुभयो ।


कुनै कार्यक्रममा पुगी एक दुई जनाको नाम र फेसबुकमा एउटा तस्वीर राख्दैमा त्यो पत्रकारीता नहुने बताउनुभयो ।पत्रकारले जनताका खास समस्या बाहिर ल्याउन आवश्यक रहेको बताउनुभयो ।यस्तै सत्य तथ्यमा आधारित पत्रकारीताको आवश्यक रहेको भुसालले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला उपसचिव खगेश्वर पन्थी,एमाले नेता दिपा आचार्य, ,सिद्दी भुसाल,पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य,सदस्य हिम जिसी (लेकाली)अर्घाखाँचीका जिल्ला अध्यक्ष गणेश खनाल पुर्व जिल्ला अध्यक्ष अशोक खनाल,प्रेमनारायण गैरे,प्रेस चौतारी लुम्बिनी प्रदेश अध्यक्ष सोभाखर पन्थी, प्रेस चौतारी केन्द्रिय सदस्य तथा अर्घाखाँची ईन्चार्ज नवराज भुसाल,प्रेस युनियन अर्घाखाँचीका अध्यक्ष लक्ष्मण घिमिरे, रेडक्रश अर्घाखाँचीका अध्यक्ष कुशल भुसाल, प्रेस चौतारी गुल्मीका सचिव मनोज कार्की ,समाजवादी प्रेस सेन्टरका सागर परियार ,चौतारीका विष्णु कुमार आले लगायले सुभकामना मन्तव्य राखेको कार्यक्रम प्रेस चौतारी अर्घाखाँचीका उपाध्यक्ष सबिता आचार्यको स्वागत मन्तव्य जिल्ला अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षता सचिव माधव बेल्बासेको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा पत्रकार महासंघमा नव निर्वार्चित कार्यसमितिका पदाधिकारीलाई सम्मान गरिएको थियो ।


प्रेस चौतारी नेपाल अर्घाखाँचीको सातौं जिल्ला अधिवेशनमा पत्रकार महासंघका पुर्बअध्यक्ष शोभाखर पन्थी ,उपाध्यक्ष वीरेन्द्र केसी , र सन्धिखर्क एफएमका स्टेसन म्यानेजर श्याम घिमिरेलाई पनि पुरस्कृत तथा सम्मान गरिएको छ ।
उनीहरुलाई लाई प्रकाश स्मृति पत्रकारिता पुरस्कार– २०८१ बाट बिहीबार सन्धिखर्कमा पुरस्कृत गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close