राष्ट्रिय सभा उपचुनावमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित

काठमाण्डौ ।लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा उपचुनावमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित हुनुभएको छ।विजयी पाण्डेयले चार हजार एक सय ४० मत ल्याउनुभयो भने चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मत ल्याउनुभयो । कुल तीन सय मतदाता रहेकोमा तीन मत खसेको थिएन ।राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
पराजित खड्का भने नेकपा माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गर्नुभएको हो ।विपक्षी गठबन्धनले कपिलवस्तुका दृगनारायण पाण्डेयलाई उम्मेदवार बनाएको हो । उहाँले भर्खरैमात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिँदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !