नेपाली काँग्रेसको सभापतिमा पुन दोहोरिने देउवाको भनाई

काठमाण्डौं ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आउँदो महाधिवेशनपछि आफू फेरि पनि सभापतिमा दोहोरिने बताउनुभएको छ ।आफू निकटका केही नेताहरुसँगको छलफलमा सभापति देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने र आफू फेरि पनि सभापतिमा लड्ने बताउनुभएको हो । यता सभापति देउवालाई कांग्रेस नेता विमलेन्द्र निधिले चुनौती दिनुभएको छ ।निधिले देउवालाई प्रधानमन्त्री बनेर पार्टी सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।उहाँले ‘तपाईंलाई प्रधानमन्त्री हुने अहिले राम्रो अवसर छँदैछ ।

आगामी निर्वाचनपछि पनि तपाईं प्रधानमन्त्रीका लागि तयारी गर्नुस् । मलाई प्रधानमन्त्री बन्न हतारो छैन । सभापतिमा मचाहिँ लड्छु ।’निधिले देउवालाई आफ्नो प्रस्तावक वा समर्थन बसिदिन आग्रह गर्दै भने, ‘अब तपाई समर्थक वा प्रस्तावक बसिदिनुस् । तपाईंको समर्थन लिएर म लड्न चाहन्छु ।’देउवासामु निधिले अडान राखे तर, देउवाले उनको प्रस्तावमा सहमति जनाएनन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close