अर्घाखाँचीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ६ जना,भुमिकास्थान नगरपालिकामा १ जना गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सहित जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ५१ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा ७९ जना,भुमिकास्थान नगरपालिकामा ११ जना,शितगंगा नगरपालिकामा ३६ जना,मालारानी गाउँपालिकामा ३ जना,पाणिनी गाउँपालिकामा २१ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि १ सय ५१ जना जिल्लाभरमा हाल उपचाररत रहेका छन ।
कमेन्ट गर्नुहोस !