मालारानीमा क्लिकद्धारा ३सय बढी विद्यार्थी र शिक्षकलाई न्यानो पोशाक वितरण

विष्णु खनाल,सन्धिखर्क। ।अर्घाखाँचीमा क्लिक ईन्टरनेसनल एजुकेसन, काठमाण्डौले विद्यार्थी र शिक्षकहरुलाई न्यानो पोशाक वितरण गरेको छ । मालारानी गाउँपालिका वडा नं. ४ का ३ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षकहरुलाई न्यानो पोशाक विरतण गरेको हो ।
३ वटा विद्यालयमा अध्ययनरत ३ सय २० जना विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराईमार्फत ट्याक्सुट सेट वितरण गरिएको हो । किरण माध्यमिक विद्यालय निन्युखर्कका २ सय ५० जना विद्यार्थी, १७ जना शिक्षक, जाँलकाँडा आधारभुत विद्यालय थामका ५० जना विद्यार्थी, ७ जना शिक्षक र सार्वजनिक आधारभुत विद्यालय ब्याडपाटाका २० जना विद्यार्थी गरी ३ सय ४४ जना विद्यार्थी र शिक्षकलाई न्यानो पोशाक प्रदान गरिएको हो ।
किरण मा.वि. निन्युखर्क खनमा पोशाक वितरण कार्यक्रममा बोल्दै मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराईले चिसो मौसम बढिरहेको समयमा यसरी विभिन्न स्कुलका विद्यार्थी र शिक्षकहरुलाई न्यानो पोशाक वितरण गरेकोमा क्लिकलाई धन्यवाद समेत दिनुभयो ।
“जाँडोबाट बच्न र बचाउन” भन्ने उद्देश्यका साथ न्यानो पोशाक वितरण गर्न पाउँदा आफुलाई गौरवान्वित महशुस भएको क्लिक ईन्टरनेसनल एजुकेसनका म्यानेजिङ्ग डाईरेक्टर गोविन्द खनालले बताउनुभयो ।
खनालले समाजमा केही गर्नु पर्छ भनेर विद्यार्थी र शिक्षकहरुलाई यसरी न्यानो पोशाक स्वरुप ट्याक्सुट सेट वितरण गरेको धारणा राख्नुभयो ।
यसै गरी किरण मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खनालले विद्यार्थीहरुलाई न्यानो पोशाक सरकारले दिनु पर्ने समयमा क्लिक ईन्टरनेसनल एजुकेसनले वितरण गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गर्नुभयो । विभिन्न स्कुलमा भएको पोशाक वितरण कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस !